Monday, 10 June 2013
हाम्रो बारेमा
यो ब्लग को बारेमा मा आफ्नो सल्लाह सुझाब हरु दिन चाहनुहुन्छ भने हामीलाई सम्झाउनु होला !
धन्यवाद !
http://hamrohuwash.blogspot.com
धन्यवाद !
http://hamrohuwash.blogspot.com
Monday, 6 May 2013
किशोरावस्थामा पुगेपछि हार्मोन प्रभाव
७१६९९
तपाईंलाई थाहै होला, किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ। स्तन भन्नाले सामान्यतः महिलाको छातीमा हुने दुई विशेष ग्रन्थिलाई जनाउँछ। स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ। सामान्यतः दुई-तीन वर्ष ढिलो-चाँडो हुनुलाई स्वाभाविक मानिन्छ। दुवै स्तनको विकास समान रूपमा नभएर एउटाको पहिले र अर्कोको केही पछि हुन सक्छ, तर स्तनको विकास पूरा हुँदा दुवै स्तनको आकार बराबरजस्तै हुन्छ। थोरै असमानतालाई सामान्य मानिन्छ। दूध उत्पादन गर्न आवश्यक पर्ने ग्रन्थि तथा नलीहरूको विकास किशोरावस्थामा सुरु भए पनि गर्भवती हुँदा तथा स्तनपान गराउँदा निस्कने हार्मोनहरूले नै स्तनको विकासलाई पूर्णता दिन्छन्। स्तनको आकार तथा स्वरूप प्राकृतिक रूपमै हुने भएकाले यसमा हामीले चाहेअनुसारको नियन्त्रण नहुन सक्छ।
Friday, 19 April 2013
Tuesday, 19 February 2013
सधैं कति बाच्ने खै पिडाको गीत गाएर
सधैं कति बाच्ने खै पिडाको गीत गाएर
माया के को लाउनु ब्यर्थैमा पछि धाएर ।
मनभरी कल्पना अनी सपना बुन्दै
नमेटिने मायाको त्येइ भोक लाएर ।
मनको चाहना खै पुरा होला कहीले
हरपलमा तिमिलाई साथमा पाएर ।
कति लेख्नु यो मनको पीडाहरू सधैं
गाह्रो भइरहेछ सम्हाल्नै मनमा आएर ।
के यो जिन्दगी मेरो मात्रै यस्तो होकि
भएन खै पुरा कहीले मनले चाएर ।
रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।

मनभरी कल्पना अनी सपना बुन्दै
नमेटिने मायाको त्येइ भोक लाएर ।
मनको चाहना खै पुरा होला कहीले
हरपलमा तिमिलाई साथमा पाएर ।
कति लेख्नु यो मनको पीडाहरू सधैं
गाह्रो भइरहेछ सम्हाल्नै मनमा आएर ।
के यो जिन्दगी मेरो मात्रै यस्तो होकि
भएन खै पुरा कहीले मनले चाएर ।
रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।
Monday, 12 November 2012
मधुमेह र आनीबानी
काठमाडौ, कार्तिक २७ - यदि तपाईंलाई मधुमेह छ भने जीवनयापनको शैली परिवर्तन गर्न आवश्यक हुन्छ । सधैं स्वस्थ खानाका साथै नियमित व्यायाम गर्नु जरुरी हुन्छ । रोग नियन्त्रणका लागि औषधी पनि खानुपर्ने हुनसक्छ र कसैलाई इन्सुलिनको इन्जेक्सन लगाउनुपर्ने हुनसक्छ । साथै नियमित रगतमा सुगरको मात्रा जाँच्नुपर्छ ।
खानपिन: मधुमेहका बिरामीका लागि कुनै विशेष खानाको जरुरत पर्दैन । हामीले हरेक दिन खाने खानाबाट नै स्वस्थ खानाको व्यवस्था गर्न सक्छौं । तर निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ:
१. चिल्लो र नुन कम भएको खानेकुरा खानुपर्छ ।
२. रेसायुक्त खानेकुरा जस्तै: सागसब्जी, फलफूल, गेडागुडी खानुपर्छ ।
३. दूध तथा दूधबाट बनेका खानेकुरा, बोसोरहित मासु तथा माछा, अन्डाको सेतो भाग मधुमेहका बिरामीका लागि राम्रा खानेकुरा हुन् ।
४. यदि तपाईंको तौल बढी छ भने तपाईंले खाने दैनिक क्यालोरीमा कमी गर्नुपर्छ ।
Saturday, 27 October 2012
सुताइले झल्कन्छ व्यक्तित्व
काठमाडौ, कार्तिक ११ - सुत्ने तरिकाले तपाईंको व्यक्तित्व बताउँछ भन्दा अनौठो लाग्न सक्छ । तर ब्रिटेनका बडी लैग्वेज विशेषज्ञ रोवर्ट फिप्सले गरेको एउटा सर्वेक्षणपछि यस्तो दाबी गरेका हुन् ।
फिप्सले सर्वेक्षणपछि सुत्ने चारवटा सामान्य तरिका पत्ता लगाएका थिए । उनका अनुसार सबैभन्दा सामान्य तरिका भ्रुण जस्तो गोलो भएर सुत्नु हो । सर्वेक्षण अनुसार बि्रटेनमा करिब ५८ प्रतिशत व्यक्ति भ्रुण जस्तै गोलो भएर सुत्छन् । जसमा घुँडा माथितिर उठेको हुन्छ र टाउको तल झुकेको हुन्छ । अध्ययनकर्ताका अनुसार बढी चिन्ता गर्नेहरू यसरी सुत्ने गर्छन् । अध्यनकर्ताका अनुसार हामी जति बढी मोडिन्छौं, गोलो हुन्छौं, हामीलाई आराम गर्ने त्यति नै बढी चाहना हुन्छ । सर्वेक्षणले बि्रटेनमा करिब २८ प्रतिशत व्यक्ति कोल्टो फेरेर सीधा सुत्न चाहन्छन् । यसरी सुत्नुले व्यक्ति अड्डी कस्ने, जिद्दी स्वभावको जनाउँछ ।
Subscribe to:
Posts (Atom)