
जोहोरबारुको नुसाजयास्थित एक होटलमा प्रेमिका भनिएकी यौनकर्मी महिलासँग सम्भोग गर्दागर्दै नेपाली युवा हरिबहादुर मगरले ज्यान गुमाएका हुन् । ती महिला भियतनामी भएको बताइएको छ ।
स्थानीय दैनिक पत्रिका ‘हरियान मेट्रो’मा यही अगष्ट पहिलो अंकमा प्रकाशित समाचारअनुसार यौनउत्तेजक औषधी सेवन गरेर यौन सर्म्पर्क सुरु गरेका उनको सम्भोग गर्दागर्दै मृत्यु भएको जनाइएको छ । सम्भोग गर्दागर्दै सुतेका ती युवालाई उठाउने प्रयास गर्दा नउठेपछि होटल व्यवस्थापन कहाँ खबर गर्न पुगेको प्रहरीसँगको सोधपुछका क्रममा ती युवतीले बताएकी छन् ।
मृत्युपछि जाँच-बुझ गर्दा हरिबहादुर मृत अवस्थामा भेटिएको पत्रिकाले जनाएको छ । अत्याधिक उत्तेजक औषधी सेवनपछि यौनसम्पर्कका कारण हरिकी प्रेमीका पनि चल्नै नसक्ने अवस्थामा थिइन् । यौनक्रिडाका कारण आफ्नो शरिर दुखेकाले बेलैमा होटल व्यवस्थापनमा खबर गर्न नसकेको उनले बताएकी थिइन् । उनले सोधपुछका क्रममा आफुले पिल्स चक्की समेत खाएको बताएकी थिइन् ।
घटनाको प्रारम्भिक अनुसन्धानअनुसार सो कोठामा प्रयोग गरिसकेका दुई बोत्तल यौन उत्तेजक औषधी र एक क्यान बियरको बोत्तल थियो । घटनापछि मृतक हरिको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र प्रेमीकालाई भने अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । मृतक हरिको नेपालस्थित ठेगाना पनि खुल्न सकेको छैन ।
No comments:
Post a Comment