Wednesday, 22 August 2012

दिनहरू मेरो तिम्रै यादमा जलेर गयो


दिनहरू मेरो तिम्रै यादमा जलेर गयो
बिर्सेछैन अझै भन्दै छलेर गयो ।

उर्लेको कल्कलाउदो जवानी त्यो देख्दा
मेरै बिगतलाई फेरि अझै मलेर गयो ।

पलहरू तिमीसँगको थियो अती मिठो
अल्मलायो समयले अब ढलेर गयो ।

हिड्दै थिए म एक्लै यो जिन्दगीमा
दौडेर मेरो जीवन आफै चलेर गयो ।

चाहान्थे म सधैभरी मिठो साथ् तिम्रो
पर्खिएन ती दिनले पनि टलेर गयो ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्बत ।

Tuesday, 21 August 2012

खै कुन्नी के को चोट थियो


खै कुन्नी के को चोट थियो
नदेखाएनी देखिने खोट थियो ।

मिलन थियो त निकै बास्नादार
भेट्ने त्यै पिपलको बोट थियो ।

नभेट्दा तिमी साह्रै रिसाउथ्यौ
लोभ्याउने मेरै कालो कोट थियो ।

खै किन हो बिस्तारै टाढा हुँदै गयौ
शायद तिमीलाई किन्ने त्यै नोट थियो ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।