Friday, 17 August 2012

सपनिमा कहिलेकाही डराउछु म त


सपनिमा कहिलेकाही डराउछु म त
झस्किएर बेला बखत कराउछु म त ।

याद आउछ तिम्रो धेरैधेरै मनमा
आँफै आँफै रमाएर हराउछु म त ।

लेख्छु पनि तिम्रै नाममा गजल गितहरु
जिन्दगीको पानाहरु भराउछु म त ।

पाएपछी साथ तिम्रो भुल्छु सबै पिडाहरु  
एकान्तमै बस्न मन पराउछु म त ।

लाग्छ अती प्यास तिम्रो प्यारो स्पर्सको
तिम्रै यादमा दिन ब्यतित गराउछु म त ।

रेशम श्रेष्ठ !
हुवाश - ३, पर्बत

No comments:

Post a Comment