दुर्गाप्रसाद शर्मा । पर्वत, साउन ३० – पर्वतका एक वृद्धले पेट दुखाईको पीडा सहन नसकेर आत्महत्याको बाटो रोजेका छन् । लामो समयसम्मको पेट दुखाईको पीडा सहन नसकेर पर्वतको पिपलटारी गाविस ९ का ७१ बर्षिय मेघनाथ शर्मा पौडेलले मंगलबार बिहान झुण्डिएर आत्महत्या गरेका हुन् ।
ग्याष्ट्रिकको उपचारका लागि पोखरा पुगेका बृद्ध पौडेल पोखराबाट उपचार गरि सोमबार साँझ फर्केका थिए । उपचार गरेर फर्केका पौडेल मंगलबार बिहान घर नजिकै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पौडेलको शव कपडाले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको थियो ।
पेट दुखाईको समस्या लिएर उपचारका लागि पोखरा जाँदा चिकित्सकले अल्सर र क्यान्सरका बारेमा केही नबताएको परिवारले बताएको छ । लामो समय देखि बिरामी पौडेलले अत्महत्या गर्नुपर्ने कुनै कारण नै नरहेको छिमेकीहरुले बताएका छन् ।
उनले रोग र दुखाई कै कारण आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक श्याम अर्यालले बताउनुभयो । ‘लामो समय देखि पेटकै समस्या र अहिले पनि पेटकै दुखाइएको कारणले नै आत्महत्या गरेको बुझिन्छ’ उहाँले भन्नुभयो, ‘घटनाका बारेमा अनुसन्धान गरिरहेका छौँ ।’
No comments:
Post a Comment