काठमाडौँ, साउन ३२ (नागरिक)- मिस वर्ल्डमा सहभागी हुन चीनमा रहेकी मिस नेपाल सृष्टि श्रेष्ठ बिच ब्युटीको टप टेनमा पर्न सफल भएकी छिन्। आफू टप टेनमा परेको खबर उनले आफ्नो फेसबुक र ट्विटरमार्फत् बिहीबार राति सार्वजनिक गरेकी हुन्।
उनले फेसबुकमा लेखेकी छिन्- नमस्ते नेपाल !!! राम्रो समाचार :) म बिच ब्युटीको फाइनल टप टेनमा परेकी छु। म निकै हर्षित छु। माया र समर्थनका लागि सबैलाई धन्यवाद !
मिस वर्ल्डको उपाधिका लागि अन्तिम प्रतिस्पर्धा आउँदो शनिबार हुँदैछ।
No comments:
Post a Comment