Saturday, 8 September 2012

बुद्धमालाको एउटै रूखको फलबाट १२ लाख



मझुवा (रामेछाप), भाद्र २४ - एउटा रूखबाट फल्ने फलको आम्दानी कति होला ? १ हजार, २० हजार या १ लाख ? योभन्दा बढी पैसा एउटा रूखको फलबाट लिन सकिँदैन लाग्न सक्छ । तर यी यहाँ एउटै रूखमा फलेको फलबाट बर्सेनि १२ लाख आम्दानी भएको छ । रामेछापको मझुवा गाविसका धनबहादुर लामाले आफ्नो एउटा बोधिचित्त (बुद्धमालाको) रूखमा फलेको दानाबाट गएको वर्ष ठ्याक्कै १२ लाख कमाए ।
काभ्रेको तिमालमा रहेको छोरीको घरमा पुगेका बेला सम्धीले दिएको ५ वटा बोधिचित्तको बिरुवा ल्याएर बारीमा सारेका लामालाई यसको फल बेचेर यति धेरै पैसा आउँछ भन्ने लागेको थिएन । बारीको कान्लामा सारिएका बिरुवामध्ये ३ वटा मरे । बाँकीमा लाग्ने गेडा उनी त्यसै खेर फाल्थे । 'पैसा आउँछ भन्ने थाहै थिएन अनि नफालेर के गर्नु त ?' लामा भन्छन्, अहिले सम्झन्छु मैले केही वर्षमा लाखौं पैसा फालेछु । त्यही छोरीको घरतिरबाट बुद्धमाला खोज्दै केही व्यक्ति घरमै आइपुगेपछि उनीहरूले खुसीले दिएको पैसा थापेपछि उनले त्यसअघि त्यसै फाल्ने गरेको गेडाबाट पैसा आउँछ भन्ने भेउ पाए । 'पहिलो वर्ष मलाई १ हजार २ सय दिएर मनग्यै दाना लगे,' लामाले भने, 'म त्यही पैसामा मख्ख भएँ । दोस्रो वर्ष १४ हजार, तेस्रो वर्ष ५४ हजारमा उनले भएभरका फल बेचें ।' अघिल्लो वर्ष भने उनी एउटा बोटमा फलेका दाना लिएर काठमाडौं पुगे, तब त्यसको मूल्य थाहा भयो । 'मलाई ठ्याक्कै १२ लाख दिए,' लामाले भने, 'बजार खोज्न नहिँडी घरमै आएर त्यसरी पैसा दिएको देखेर म त छक्कै परें ।'
तिब्बती लामाहरूले अपार महत्त्व दिने बुद्धमाला दुर्लभ मानिन्छ । यही दुर्लभ फलको खोजीका लागि अहिले मानिसहरू घरघरै आउने गरेका छन् । लामा भन्छन्, फल्नुपर्‍यो बिक्रीको चिन्ता छैन्ा । यो वर्ष मात्र लामाको घरमा काभे्रतिरबाट धेरै व्यापारी आइपुगे । तर लामाको बोधिचित्त बोटमा यसपालि जम्मा ४ वटा मालालाई पुग्ने मात्र दाना लाग्यो । 'यसपालाको दाना केही ठूलो थियो,' लामाले भने, 'त्यसबाट एक लाखमात्र आयो ।'

सबै युवाहरु देशबाट भाग्दैछन अब

सबै युवाहरु देशबाट भाग्दैछन अब
भस्ट्रचारी ढुकुटी सक्न लाग्दैछन अब ।

गरीब जनता गर्छन् आश् मात्रै
गासबास कपास माग्दैछन अब ।

यो देश बनाउने भएन कोहि यहाँ
भगवानको नाम जपी भाक्दैछन अब ।

नेताहरू सबै खेल्छन कुर्सी पाउने खेल
पाएर त्येही रस पदको चाख्दैछन अब ।

गाऊगाऊ बस्तीबस्ती सबै उठ्ने छ
जनताले उठाएर लौरी ताक्दैछन अब ।

हे भस्ट्रचारी अपराधीहरू हो सोच
गरीब सोझा जनताहरू जाग्दैछन अब ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Friday, 7 September 2012

Almonds Provide Double-Barreled Protection against Diabetes and Cardiovascular Disease


Those who get cravings for starchy comfort foods may want to grab some almonds instead. Research published in The Journal of Nutrition shows that eating almonds may play a role in avoiding blood sugar spikes after eating a carbohydrate-rich meal that would raise blood sugar levels. The same study shows that eating almonds may help prevent oxidative stress.
"We found that eating two servings of almonds can have a significant impact in blunting the glycemic and insulin responses of the body when fed with a meal high in carbohydrates," said co-author Dr. Cyril Kendall from the University of Toronto. He added that including almonds in the diet may have implications for helping in the management of blood glucose levels. The health consequences of high blood glucose cause an estimated 3 million deaths worldwide annually, according to research published last year in The Lancet. A 1-ounce handful of almonds is an excellent source of vitamin E and magnesium, a good source of fiber, and offers protein, potassium, calcium, phosphorus, iron and monounsaturated fats.
Lessening after-meal surges in blood sugar helps protect against diabetes and cardiovascular disease, most likely by lessening the increase in cholesterol-damaging free radicals that accompanies large elevations in blood sugar. This is one reason why low- glycemic index diets result in lower risk of diabetes and heart disease. 

Thursday, 6 September 2012

यसरी लेखियो गौरी - राष्ट्रकवि माधव घिमिरे


'गौरी' लेख्नुअघि मैले महाकवि कालिदासका 'कुमारसम्भव' र 'रघुवंश'का 'अजविलाप' र 'रतिविलाप' शोककाव्य पढिसकेको थिएँ । ती काव्यको गहिरो कलात्मक प्रभाव ममा परेको थियो । तर, 'गौरी' लेख्दाको भरपूर सामग्री मेरो अनुभूति नै हो । तत्काल ममाथि परेको दुर्घटनाको प्रभाव मसँग प्रशस्त थियो । त्यसैले मलाई यो काव्य लेखायो । पाठकहरू दाँजेर हेर्न सक्छन्— अजविलाप र रतिविलापको प्रभाव मेरो गौरीमा छ कि छैन ? मैले गौरी लेखिरहँदा ती काव्य सम्भिmरहेको थिइनँ । मभित्र त अचानकै मूल फुट्यो आँसुको- त्यो मैले फुटाल्छु भनेर फुटालेको होइन । शोककाव्य लेखूँ भनेर लेखिएको पनि होइन । यति धेरै शोक र विरह थियो, त्यसलाई मैले अंकित मात्रै गरेँ । मैले ती दुई शोककाव्यका अतिरिक्त करुण रसको शोककाव्य भवभूतिको 'उत्तररामचरित' पनि पढेको थिएँ । तर, 'उत्तररामचरित'को करुण रस अभिव्यक्त गर्ने प्रक्रिया कालिदासको भन्दा पनि विपन्न खालको छ । मैले त्यसको प्रभाव पनि लिइनँ । अध्ययन त मैले अरू-अरूको पनि गरेको थिएँ । तर, ठीक त्यतिवेला म शोकले झ्वाम्म छोपिएको थिएँ ।

Tuesday, 4 September 2012

पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन


समाजमा लुकेर होस या त खुलेर सबै भन्दा बढी पढिने बिषय सेक्स नै हो । चाहे यो तथ्यलाई कसैले स्वीकार गरोस् या नगरोस । त्यसैले यस बिषयमा शोधहरु पनि धेरै हुने गर्छन ।
शोधहरु जति धेरै हुने गर्छन् त्यति नै नयॉ नयॉ तथ्य पनि सार्बजनिक हुन्छन् । यस्तो शोधहरुबाट कतिपय अवस्थामा एउटै बिषयमा फरक फरक कुराहरु पनि आउने गर्छन् जसलाई पत्याउन गाह्रै पर्छ । तर तल उल्लेखित तथ्यहरु अनुसन्धानबाट प्राप्त तथ्यहरु त हुन तर समाजमा रहेका अन्धविश्वासहरु । अझै पनि समाजमा तलका यी कुरामा विश्वास गरिन्छ । यस्तै छ एउटा शोध जुन कतिपयलाई भने पत्याउन गाहै्र पर्ला ।
१. सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।
२. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।
४. एस्पिरिनले गर्भाधारण रोक्छ ।

मनमै देवता हुने भए मन्दिर धाउनु के को लागि

मनमै देवता हुने भए मन्दिर धाउनु के को लागि
सुनकै महल भेटेदेखी झुप्रो छाउनु के को लागि ।

सूख मात्रै हुनेथ्यो त बिबस यो जिन्दगीमा
सधैं सधै दुख मात्रै पाउनु के को लागि ।

मनको पिडा सुनिदिने भेटिएन कोहि यहाँ
रोएर जतिबेलै गीत गाउनु के को लागि ।

भित्रभित्रै दुख्छ मनमा पोल्छ पनि कताकता
बाहिरै घाऊ देखाएर मलम लाउनु के को लागि ।

छोड्दैछन सबै आफ्नाहरू भन्नेले पनि
पिडा मात्रै दिनु छ भने आउनु के को लागि ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।