Saturday, 22 September 2012

सपनिमै भएपनी मज्जाले नाचे मैले

सपनिमै भएपनी मज्जाले नाचे मैले
मर्काएर कम्मर निकै नै भाचे मैले।

आउछ की दिन हाम्रो भन्दै भन्दै
पर्तिक्ष्या को घडी संगै बाचे मैले ।

आधी रातमा झस्किए देखेर सपना
सम्हाल्दै आफैलाइनै जाचे मैले ।

जिन्दगी यो जिउनुपर्छ आउदैन फर्केर
भई जिउदो लास आफैलाई साचे मैले ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Monday, 17 September 2012

महिलाका रुचिमा अग्ला पुरुष

काठमाडौ, भाद्र ३० - एउटा अध्ययन अनुसार अग्ला कदका व्यक्तिहरूमा यौन आकर्षण बढी हुन्छ । त्यसैले पनि प्रायः महिलाको पहिलो रोजाइमा अग्लो कदकै पुरुष पर्ने गरेको उक्त अध्ययनको दाबी छ । अध्ययनले जोडी मिलाउनुअघि पहिले उचाइकै अन्तरका बारेमा निर्णय गरेर मात्रै अनुहार, व्यक्ति र शरीरको आकारका बारेमा सोच्ने उल्लेख गरेको छ । अध्ययनअनुसार पाँच फुट आठ इन्च अग्ला महिलाका लागि आदर्श साथीको उचाइ ६ फिट दुइ इन्च हुनुपर्छ । अनुसन्धान अनुसार पुरुष महिलालाई आँखा झुकाएर हेर्ने खालको चाहन्छन् भने महिलालाई पनि अग्लो कदका पुरुषले आकषिर्त गर्छ । वैज्ञानिकले यसका लागि एउटा आदर्श अनुपात समेत तयार गरेको बताएका  छन् । जसमा एक पुरुषलाई महिला साथीको तुलनामा १.०९ गुणा अग्लो हुनुपर्छ । पोल्यान्डका डा. बी पवलोवस्कीद्वारा गरिएको यस अध्ययनलाई रोयल सोसाइटीमा प्रकाशित गरिएको छ ।

प्रकाशित मिति: २०६९ भाद्र ३० ०८:५८