प्रकाश पौडेल, पर्वत साउन २८ । सामुदायिक सेवा समाज पर्वतको अध्यक्षमा मानकुमारी गिरी चयन भएकी छन् । लामो समयको बिवाद पछि शनिबार कार्यदलको उनको नामलाई अध्यक्ष पदमा निरन्तरता दिने घोषणा गरेको छ ।
गत साउन ६ गते सम्पन्न समाजको चौथो अधिवेशनले नेतृत्व चयन गर्न नसकेपछि नेतृत्व छनोटका लागि एक कार्यदल बनाएको थियो । सोहि कार्यदलले शनिबार अध्यक्षमा गिरी र अन्य पदाधिकारी र सदस्यको नाम घोषणा गरेको हो ।
गत अधिवेशनमा ३ जनाले अध्यक्षमा दाबी गरेर पछि नहटेपछि सहमतिका लागि कार्यदल गठन गरिएको थियो । त्यतिबेला बनेको ईश्वर गिरी, पर्शुराम पुरी र तोयनाथ चालिसे सहितको ३ सदस्यीय कार्यदलमा सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, प्रहरी नायव उपरिक्षक केदार खनाल र समाजका पुर्व अध्यक्ष भोलानाथ शर्मा गरी तीन सदस्य थप गरी ६ सदस्यीय कार्यदलले नयाँ समितिको नाम घोषणा गरेको हो ।
समाजको बरिष्ठ उपाध्यक्षमा सरिता भण्डारी, उपाध्यक्षमा शान्ति आचार्य, सचिवमा शिव सुवेदी र कोषाध्यक्षमा राजन जोशी रहनुभएको छ । यस्तै अन्य सदस्यहरुमा सरस्वती भण्डारी, एकनारायण गिरी, रुद्र गिरी, निर्मल विक, पवित्रा गिरी, तिला गिरी, तुलसी सुवेदी, सुवर्ण अर्याल, राजन श्रेष्ठ, रमाकान्त शर्मा, त्रिलोचन शर्मा र शैलेन्द्र कर्माचार्य रहेका छन् ।
समाजले ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा लक्ष्मीकान्त आचार्य, डा.चुडामणी शर्मा, हिमबहादुर पौडेल, विषमकुमार श्रेष्ठ, रामबहाुर गुरुंङ र मनोहर वि पौडेल रहेका छन् ।