Friday, 19 April 2013

आज म आफै खुशी हुन सकिन

आज म  आफै खुशी हुन सकिन
खोलेर नि मन धेरै रुन सकिन !

बाहिरी मैलो त देखिन्छ सबैले
पापी मनको मैलो नै धुन सकिन !

भावनाहरु उम्लिएर धेरै पोखिन्छन
ढुंगासरि त्येइ मनलाइ छुन सकिन !

चारैतिर देख्दैछु धेरै बाटोहरु यहाँ
आफैलाइ एउटा जाल बुन्न सकिन !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत !