इरानको उत्तर पश्चिमी क्षेत्रमा शनिबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या २ सय ५० पुगेको छ। केही समयको अन्तरालमा दुई पटक गएको भूकम्पका कारण २ हजार जना भन्दा बढी घाइते भएका छन्। यूएस जियोलोजिकल सर्विसका अनुसार ६ दशमलब ४ र ६ दशमलब ३ रेक्टर स्केल मापन गरिएको छ। तबरिज र अहार कस्बोमा ठुलो भूकम्पको झट्का महसूस गरिएको थियो।
भुकप्पमा ग्रँमीण क्षेत्र नराम्रोसंग प्रभाबित भएको बताइएको छ। भूकम्प ग्रस्त क्षेत्रमा सञ्चार सेवा विच्छेद भएका कारण उद्धार कार्यमा कठिनाई उत्पन्न भएको अधिकारीहरुले जनाएका छन्। भुकम्पमा घाइतेहरुको उद्धार कार्य भइरहेको बताइएको छ। मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अनुमान पनि गरिएको छ। राष्ट्रपति मोहम्मद अमादिनेजले मृत्यु भएका परिवारप्रति शोक व्यक्त गर्दै उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन्। इरानमा ४ गाविस पुरै नष्ट भएको छ भने अन्य ६० गाविसहरु भूकम्पको चेपाटमा परेका छन्। सन् २००३ मा इरानमा गए भूकम्प २५ हजारको मृत्यु भएको थियो।
No comments:
Post a Comment