काठमाडौं, श्रावण २८ -
युनिटी लाईफ इन्टरनेशनलका अध्यक्ष काशी गुरुङलाई मुद्दाको अन्तिम किराना नलाग्दासम्म थुनामा राख्न जिल्ला अदालत ललितपुरले आदेश दिएको छ । ठगी, बैंकिङ कसुर र राजस्व छलीको आरोपमा पक्राउ परेका गुरुङमाथिको थुनछेक बहसपछि अदालतले पुर्पक्ष थुनामा राख्ने आदेश दिएको हो ।
जिल्ला अदालत ललितपुरका श्रेस्तेदार रमेश ज्ञवालीले आदेशपछि प्रहरी हिरासतमा रहेका गुरुङ मुद्दाको किनारा नलागेसम्म पुर्पक्ष थुनामा रहने बताए । गुरुङ सहित युनिटी सञ्चालक विरुद्ध जिल्ला अदालत ललितपुरमा तीन अर्ब ७९ करोड ९८ लाख ७० हजार रुपैंया विगोको ठगी अभियोग, तीन अर्ब ७९ करोड ९८ लाख ७० हजार रुपैंया विगोको बैंकिङ कसुर अभियोग र राजस्व र आयकर छलेको अभियोगमा दुई अर्ब ५७ करोड रुपैंयाको मागदावी सहित मुद्दा दायर भएको छ ।
जिल्ला अदालतको आदेश विरुद्ध गुरुङ पुनरावेदन अदालतमा जाने बाटो भने खुला रहनेछ । युनिटी प्रकरणपछि २६ महिना फरार गएका गुरुङ गतसाता पूर्वी नेपालको सिमावर्ती क्षेत्रमा पक्राउ परेका थिए ।
No comments:
Post a Comment