Monday, 13 August 2012

आफ्नै यात्राको एउटा यात्री मानेर हिंडे


आफ्नै यात्राको एउटा यात्री ठानेर हिंडे
आफ्नै कथाको एउटा पात्र  मानेर हिंडे ।

हजारौ चुनौती अनि मुकाबिला को साथमा
रमाउनु पर्छ संघर्समै भन्ने जानेर हिडे ।

अनेकौ आफ्ना  चाहना र भोगाइहरूमा
बिर्सिएर ब्यथाहरु मन भित्रै तानेर हिंडे ।

अध्यारो रात काट्दै पिडाहरू भुलाएर
बाटो आफ्नै जिन्दगीको छानेर हिंडे ।

भारी बोक्दै जिन्दगीको हिड्ने म यात्री
रहरहरू सबै सबै आफैमा बानेर हिंडे ।

रेशम श्रेष्ठ !
हुवाश - ३, पर्बत

No comments:

Post a Comment