Tuesday, 14 August 2012

मिठो माया कती अझै गाँस्न बाँकी छ


मिठो माया कती अझै गाँस्न बाँकी छ
दुनियामा कती अझै बाँच्न बाँकी छ ।

मान्छे मान्छे मा फरक के नै छ र
भन्छन जातभात् अझै जाँच्न बाँकी छ ।

उहि हो धर्ति अनि आकाश सबैको
खुलमखुल्ला रमाइ अझै नाच्न बाँकी छ ।

सुरमा सुर मिलाएपछी आउछ रे मज्जा
साथमा उनकै मर्काइ कम्मर भाँच्न बाँकि छ ।

अमर हुन्छ साथ् भन्छन साँचो माया गर्नेहरू
मिलन हाम्रो जुनीजुनीलाई साँच्न बाँकि छ ।

रेशम श्रेष्ठ !
हुवाश -  ३, पर्बत

No comments:

Post a Comment